काठमाडाैँ महानगरपालिका वडा नं. ६, काे नयाँ प्रशासनिक भवनकाे उद्घाटन गरिएकाे छ । काठमाडाैँ महानगरपालिकाकाे कार्यवाहक मेयर सुनिता डंगाेलले प्रशासनिक भवनकाे उद्घाटन गरेकी हुन् ।
उद्घाटनसँगै नयाँ प्रशासनिक भवनबाट वडाध्यक्ष भुवन लामाले पूर्व वडाध्यक्ष दिपेन्द्र लामालाई घर नम्बर प्रदान गर्दै सेवा सुरु गरेका थिए । १४ हजार वर्गफिट क्षेत्रफलमा फैलिएकाे भवनको अण्डर ग्राउण्डमा ३० वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने क्षमता रहेकाे छ ।
२ हजार ३५० वर्गफिट क्षेत्रफल भएको ग्रउण्ड फ्लाेरमा ४ वटा चार पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ भने उक्त स्थान सेवाग्राहीको प्रतिक्षालयका रुपमा समेत प्रयोगमा ल्याउन सकिने गरी बनाइएको छ ।
