Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, जेठ ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महिला आयोग नारायणहिटीमा सर्दै

- शुभ बिहानी / मङ्गलबार, जेठ ०५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविककाे राहदानी विभागमा सर्दैछ । आयोगले उक्त भवनबाट सेवा प्रवाह गर्ने तयारी गरेको हाे ।

अहिले नारायणहिटीस्थित नयाँ भवनबाट काम सुरु भइसकेको र एक साताभित्र त्यहीबाट सम्पूर्ण सेवा सञ्चालन गर्ने तयारी भइरहेकाे आयोगले जनाएकाे छ । आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले अहिले आयोगको ११४५ हेल्पलाइन सेवा र उजुरीसम्बन्धी काम भद्रकालीस्थित कार्यालयबाट सञ्चालन भइरहेकाे भएपनि केही दिनभित्र ती सेवा नारायणहिटीबाटै सञ्चालन हुने बताएकी छन् ।

आयोग स्थापना भएदेखि नै भद्रकालीस्थित भाडाको भवनबाट सञ्चालन हुँदै आएकोमा पछिल्लो समय आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भवनसमेत प्रयोग गर्दै आएको थियो । आयोगले पानी, बिजुलीसहित मासिक ४ लाख रुपैयाँ भाडा तिर्दै आएको बताइएको छ ।

यसअघि तत्कालीन मन्त्रिस्तरीय निर्णयअनुसार २०८० असोज २१ गते आयोगलाई नारायणहिटीस्थित उक्त भवनमा सार्ने निर्णय भएपनि विभिन्न प्रशासनिक कारणले प्रक्रियाअघि बढ्न सकेको थिएन । सरकारको प्रशासनिक सहजीकरणपछि कार्यालय सार्ने काम अघि बढेको हो ।

हाल आयोगले दैनिक २० देखि २५ जनालाई प्रत्यक्ष सेवा दिइरहेकाे छ भने ११४५ हेल्पलाइनमार्फत देश तथा विदेशबाट दैनिक औसत ५० जनाभन्दा बढिले सेवा लिने गरेका छन ।

Page Views: 10
संबन्धित शिर्षकहरु
विद्या भण्डारीलाई पार्टी सदस्यता
कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने
ताजा अपडेट
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने
  • जंगली भ्याकुर खाँदा एक जनाको ज्यान गयाे
  • आजका लागि फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • माैसम बदलीसँगै केहि भू-भागमा वर्षा हुने
  • चिनीमा आत्मनिर्भर बन्न उत्पादनमा वृद्धि गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama