Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा

- शुभ बिहानी / मङ्गलबार, जेठ ०५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

दलालसँगको साँठगाँठमा नेपालीलाई अवैध ढंगले विदेश पठाएर करोडौं कुम्ल्याएको भिजिट भिसा प्रकरणका सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अदालतमा बयान फेरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साक्षी स्याङ्जाको फेदीखोला गाउँपालिका–३, का दिपक थापाउपर मुद्दा दर्ता गरेको हो ।

भिजिट भिसा काण्डमा अख्तियारले गत मंसिर २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालिन प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित सात व्यक्ति र दुई कम्पनीउपर भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा चलाएको थियो ।

उनीहरूको आपसी मिलेमतोमा भिजिट भिसामा विदेश जाने नेपालीलाई दुःख, हैरानी दिई घुस–रिसवत लिनुका साथै बदनियत राखेर मानिस पठाइएको अख्तियारको ठहर छ । आयोगका अनुसार डिएमसी ट्राभल्स प्रालि पोखराका तत्कालिन मार्केटिङ अफिसर दिपक थापाको पनि त्यसमा संलग्नता भेटिएपनि अनुसन्धानमा सहयोग गरेकोले सजायमा पूर्ण छुट दिइएको थियो ।

तर, विशेष अदालतमा बकपत्रका क्रममा उनले आयोगका अनुसन्धान अधिकृतसमक्ष दिएको बयानभन्दा फरक गरेको अख्तियारको ठहर छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ३० लाख २० हजार रुपैयाँ कायम गर्दै उनलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

Page Views: 27
संबन्धित शिर्षकहरु
हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
महिला आयोग नारायणहिटीमा सर्दै
ताजा अपडेट
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने
  • जंगली भ्याकुर खाँदा एक जनाको ज्यान गयाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama