सुर्खेतस्थित एक विद्यालयलाई एनआईसी एशिया बैंकले पानी ट्यांकी तथा मोटर जडान गरेर सहयाेग गरेकाे छ । बैंकले सुर्खेतकाे वीरेन्द्रनगर–१, धारापानीकाे श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई उक्त सहयाेग गरेकाे हाे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा खानेपानी व्यवस्थापनमा सहजताका साथै शैक्षिक तथा स्वास्थ्य अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यले पानी ट्यांकी तथा मोटर जडान गरेर सहायाेग गरेकाे बताएकाे छ । उक्त विद्यालयमा १६७ भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गरिरहेका छन् ।
उक्त विद्यालयका लागि बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिला सुनारलाई यहि जेठ ८ गते एक कार्यक्रमका बीच पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष, व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक/शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीको उपस्थिति रहेको थियो ।
बैंकको सहयोगले विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन हुनुको साथै विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्य तथा शैक्षिक वातावरणमा सहजता हुने विश्वास लिएको छ ।