Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, मङि्सर ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गैरहाजिर झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

- शुभ बिहानी / बिहिबार, मङि्सर ११, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आफूखुसी लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई उक्त निर्देशन दिएको हाे ।

गैरहाजिर प्रहरी कर्मचारीलाई बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारणसहित उपस्थित हुन नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानून तथा मानव अधिकार महाशाखा (कानुन शाखा) ले सूचना प्रकाशित गर्दै निर्देशन दिएको हो ।

काठमाडौं, तनहुँ, पर्सा, महराजगञ्ज, जाजरकोट, इलाम, पाल्पा, मकवानपुर, इन्द्रदेही, सुर्खेत, कञ्चनपुर, रामेछाप र तनहुँलगायतका स्थानमा कार्यरत वा दरबन्दी रहेका प्रहरी कर्मचारीहरूको विवरण सूचनामा समावेश रहेकाे छ ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र गैरहाजिर हुनुको कारणसहित कार्यालयमा उपस्थित नभए कारबाही हुने चेतावनी समेत दिइएको छ ।

Page Views: 14
संबन्धित शिर्षकहरु
बाजुरामा प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार
चिनियाँ हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
ताजा अपडेट
  • बाजुरामा प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार
  • गैरहाजिर झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • चिनियाँ हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama