Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, मङि्सर १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्राध्यापकहरूले रकम फिर्ता गर्न थाले

- शुभ बिहानी / बिहिबार, जेठ २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अध्ययन बिदाको दुरुपयाेग गरि लामो समयसम्म सेवामा नफर्किएर प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन् । विश्वविद्यालयलाई नोक्सानी पुर्‍याएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका हुन्।

अध्ययन बिदाको चरम दुरुपयोग भएको भन्दै सरकारले चासो लिएपछि त्रिविका प्राध्यापकहरूले रकम फिर्ता गर्न सुरु गरेका हुन् । हालसम्म ४१ जना प्राध्यापकले नियमविपरीत बुझेको रकम फिर्ता गरिसकेका छन् ।

जसबाट १० करोड ४६ लाख ५६ हजार ८०४ रुपैयाँ त्रिविको पेन्सन कोषमा दाखिला भएको विश्वविद्यालयले जनाएकाे छ । अध्ययन बिदामा रहेर पनि कार्यक्षेत्रमा नफर्किएका १ सय ९१ प्राध्यापकमध्ये ४१ जनाले रकम बुझाएको छानबिन समितिका संयोजक डा. जीवन काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार अन्य ६२ जनाले रकम फिर्ताका लागि समितिसमक्ष निवेदन दिएका छन् भने तीमध्ये ५४ जनालाई समितिले पत्र समेत काटिसकेको छ ।

त्रिविको नियमअनुसार पाँच वर्षसम्म शिक्षक तथा कर्मचारीले अध्ययन बिदा पाउने व्यवस्था छ । तर, यसरी बिदामा गएका प्राध्यापकहरू सेवामा नफर्किँदा विश्वविद्यालयलाई दुई अर्ब रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको विशेष चासो र सक्रियतामा मन्त्रालयले कबुलियतनामा अनुसारको रकम चाँडो फिर्ता गराउन निर्देशन दिएपछि त्रिविले यो प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाएको थियाे ।

मन्त्रालयको पहलकदमीपछि त्रिवि कार्यकारी परिषद्ले २०८१ पुस २५ गते डा. काफ्लेको संयोजकत्वमा कृष्णहरि आचार्य र दीपक तिवारी सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिले तयार पारेको प्रतिवेदनअनुसार अध्ययन बिदा लिएर नफर्किएका १ सय ९१ जना र बिदा स्वीकृत गराएर पनि अध्ययन पूरा नगर्ने २ सय ७ जना गरी कुल ३ सय ९८ प्राध्यापकले बिदाको दुरुपयोग गरेको फेला परेको थियो ।

समितिका संयोजक डा. काफ्लेले अध्ययन बिदामा गएर सेवामा नफर्किनेको संख्या बढ्दा विश्वविद्यालयले ठूलो आर्थिक, शैक्षिक र नैतिक नोक्सानी व्यहोर्नु परेकाे बताए । उनले रकम फिर्ता गर्ने क्रम जारी रहेको जानकारी दिँदै अहिलेसम्म सम्पर्कमा नआएकाहरूलाई अविलम्ब रकम बुझाउन समेत आह्वान गरेका छन् । त्रिविका अनुसार यसरी बिदा दुरुपयोग गर्ने एक जना प्राध्यापकले न्यूनतम १० लाखदेखि अधिकतम ५० लाख रुपैयाँसम्म विश्वविद्यालयलाई फिर्ता गर्नुपर्ने देखिएको छ ।

छानबिन समितिले रकम असुलीका लागि ताकेता गरिरहेको र निर्धारित समयभित्र पनि रकम फिर्ता गर्न अटेर गर्ने प्राध्यापकहरूको नाम सार्वजनिक गर्ने तयारी भइरहेको जनाउँदै समितिले आफ्नो विस्तृत अध्ययन प्रतिवेदन छिट्टै विश्वविद्यालयलाई बुझाउने तयारी गरेको बताइएकाे छ ।

Page Views: 154
संबन्धित शिर्षकहरु
सुनापति भ्रमण वर्ष–२०८३ : धार्मिक पर्यटनदेखि आर्थिक समृद्धिसम्मको यात्रा
बाजुरामा प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार
गैरहाजिर झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
ताजा अपडेट
  • सुनापति भ्रमण वर्ष–२०८३ : धार्मिक पर्यटनदेखि आर्थिक समृद्धिसम्मको यात्रा
  • बाजुरामा प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार
  • गैरहाजिर झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • चिनियाँ हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन
  • स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यकः सरोकारवाला
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama