फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को खेलमा घानाले पानामालाई १–० गोलअन्तरले हराएकाे छ । क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गरेकाे हाे ।
घानाकाे तर्फबाट कालेब यिरेनकीले गरेको १ गोल नै घानाको लागि निर्णायक गोल सावित भएकाे थियाे । खेलको ९० औँ मिनेटपछिको थप गरिएको पाँचौँ मिनेटमा घानाका मिडफिल्डर कालेब यिरेन्कीले गरेकाे गाेल नै निर्णायक गाेल बन्न पुगेकाे हाे ।
त्यसैगरि गएराति भएकाे पाेर्चुगाल र कङ्गो डीआरकाे खेल १–१ काे बराबरीमा राेकिँदा क्रोएसियाविरुद्ध इङ्गल्यान्डको ४ गाेल गरेकाे थियाे । जसका कारण क्रोएसिया ४-२ गाेल अन्तरले पराजित हुन पुगेकाे थियाे ।