Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच द्विपक्षीय सम्झौता

- शुभ बिहानी / बिहिबार, असार ०४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । द्विपक्षीय सम्झौतामा कोषकोतर्फबाट निर्देशक नवराज खड्का र बैंककोतर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका थिए ।

द्विपक्षीय सम्झौतामा बैंकका स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीको योगदानमा आधारित वा गैरयोगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन र कार्यान्वयन कोषले गर्ने उल्लेख गरिएकाे छ ।

कोषले सहभागी कर्मचारीको व्यक्तिगत खाता तयार गरी परिचयपत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त रकम र विवरणअनुसार खाता अद्यावधिक गर्ने तथा बैंकको सिफारिसमा सेवा निवृत्त कर्मचारीलाई नियमानुसार कर कट्टा गरी अवकाश रकम भुक्तानी गर्ने लगायतका कार्य गर्नेछ ।

त्यसैगरि कर्मचारीले कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज, प्रतिफल तथा अन्य अतिरिक्त सुविधा कोषको नियममा उल्लेख भएअनुसार पाउने र सम्झौताअनुसार आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीको साबिकको रकम र बहाल रहेका कर्जासमेतलाई कोषमा रकमान्तर गरी समायोजन गरिने सम्झौतामा उल्लेख गरिएकाे छ ।

Page Views: 17
संबन्धित शिर्षकहरु
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
घानाले पानामालाई १–० गोलले हरायाे
व्यवसायी भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश
ताजा अपडेट
  • नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच द्विपक्षीय सम्झौता
  • आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • घानाले पानामालाई १–० गोलले हरायाे
  • व्यवसायी भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश
  • कालीमाटी र बल्खुबाट ३५ जना पक्राउ
  • साउनदेखि नागढुङ्गा–नौबिसे सुरुङमार्ग सञ्चालन हुने
  • कोटेश्वर–कलंकी चक्रपथ खण्डमा सडक बत्ती जडान सुरु
  • टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama