Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साउनदेखि नागढुङ्गा–नौबिसे सुरुङमार्ग सञ्चालन हुने

- शुभ बिहानी / बुधबार, असार ०३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

साउनदेखि नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन सञ्चालनमा ल्याउन आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग साउनदेखि सञ्चालनमा आएसँगै नौबिसे–नागढुंगा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।

आगामी साउनभित्रै नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले जानकारी दिएका छन् । सुरुङमार्गभित्रका सबैजसो काम सकिसकेको र अहिले सुरुङभित्र आकस्मिक घटना भएमा कसरी उद्धार गर्ने र सवारी व्यवस्थापन गर्ने विषयमा आवश्यक परीक्षणका कामसँगै सुरुङमार्ग बाहिरको पहिरो रोकथामको काममात्रै बाँकी रहेकाे बताइएकाे छ ।

नागढुंगा–नौबिसे सुरुङमार्ग २ हजार ६८८ मिटर लम्बाइ रहेको छ । सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने भएपनि ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको काम केहि ढिला हुन गएकाे हाे । आयोजनाका अनुसार अहिले सुरुङमार्ग सञ्चालन, व्यवस्थापन अभ्यासको काम भइरहेको छ ।

नागढुंगा–नौबिसे सुरुङमार्ग उपयोग गरेबापत तिर्नुपर्ने दस्तुर (टोल) संकलन गर्ने बैंकको छनोट र कार्ड छाप्नेलगायतको प्रक्रिया अघि बढिसकेको र सुरुङमार्गमा गुड्ने सवारीसाधनबाट तीन तरिकाबाट दस्तुत तिर्न मिल्ने व्यवस्था मिलाएको छ । जसमा ‘म्यानुअल’ रूपमा सवारी चालकबाट नगदै लिने व्यवस्था, ‘क्यूआर कोड’ स्कानिङ गरेर र सवारीसाधनमा टाँस्ने स्टिकरलाई उच्च क्षमताको क्यामेरामार्फत रिड गरेर पनि भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

उक्त सुरुङमार्गकाे बोलपत्रमार्फत युसिन एआरटी कम्पनीले रु एक अर्ब १० करोड लागतमा पाँच वर्षका लागि सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारलगायतको जिम्मेवारी पाएको छ ।

Page Views: 12
संबन्धित शिर्षकहरु
कालीमाटी र बल्खुबाट ३५ जना पक्राउ
कोटेश्वर–कलंकी चक्रपथ खण्डमा सडक बत्ती जडान सुरु
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
ताजा अपडेट
  • कालीमाटी र बल्खुबाट ३५ जना पक्राउ
  • साउनदेखि नागढुङ्गा–नौबिसे सुरुङमार्ग सञ्चालन हुने
  • कोटेश्वर–कलंकी चक्रपथ खण्डमा सडक बत्ती जडान सुरु
  • टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
  • ट्राफिक प्रहरीले २४ घण्टामा १९ लाख ७७ हजार राजस्व उठायाे
  • सन्तोष साह हाजिरी जमानीमा छुटे
  • नेपालगञ्ज भन्सारबाट मासिक राजस्व संकलनमा वृद्धि
  • मत्स्यनारायणकाे एक महिने मेला सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama