Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुनसरी घटनाकाे कारण विराटनगरका अधिकांश शैक्षिक सस्था बन्द

- शुभ बिहानी / मङ्गलबार, साउन १२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटना पछि उत्पन्न परिस्थितिका कारण सुरक्षा जोखिम र आन्दोलनका कारण आज विराटनगरका अधिकांश शैक्षिक सस्थामा पठनपाठन प्रभावित भएको छ ।

आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन नेपाल प्रहरीले गोली चलाउँदा एक स्थानीयको मृत्यु भएको थियो भने उक्त घटनामा अन्य ९ जना घाइते भएका थिए । घटनापछि स्थानीय क्षेत्रमा प्रदर्शन र विरोधका कार्यक्रम जारी रहेकाले स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेकाे थियाे ।

घटनाको विरोधमा हिजाे विराटनगरमा पनि प्रदर्शन भएको थियो । त्यसको निरन्तरतास्वरूप मंगलबार सुरक्षा अवस्था संवेदनशील बनेपछि विराटनगरका अधिकांश शैक्षिक संस्थाले पठनपाठन बन्द गरेका छन् ।

विराटनगर महानगरपालिकाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरे पनि महानगरको शिक्षा महाशाखाका प्रमुख रामप्रसाद ढुंगेलका अनुसार विद्यालयहरू आफैंले सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै कक्षा सञ्चालन नगर्ने निर्णय गरेका हुन् ।

उता, घटनाको प्रत्यक्ष प्रभाव परेको सुनसरीको देवानगञ्ज र हरिनगर गाउँपालिकाले भने शोकको रूपमा आज सार्वजनिक बिदा दिइएकाे छ । ती दुवै स्थानीय तहअन्तर्गतका सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य सार्वजनिक निकाय बन्द रहेका छन् ।

उक्त घटना पछि प्रदर्शन र तनावका कारण सुनसरीको दक्षिणी भेगका अधिकांश विद्यालयहरू पनि बन्द रहेका छन् । स्थानीय प्रशासनले सम्भावित अप्रिय घटना रोक्न संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बढाइएको जनाएको छ ।

प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ भने गोलीकाण्डको घटनाबारे अनुसन्धान जारी रहेको र दोषीमाथि कानुनबमोजिम कारबाही हुने जनाइएको छ ।

Page Views: 61
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
कोशीमा डेंगु संक्रमणको प्रकाेप बढ्दाे
ताजा अपडेट
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
  • कोशीमा डेंगु संक्रमणको प्रकाेप बढ्दाे
  • एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्दै
  • इन्द्रजात्राको तयारी तीव्र
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार
  • रसुवा बाढीमा परेका ५ हजार ८ सय बढि अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama