Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, साउन १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बर्ड फ्लु रोग नियन्त्रणसँगै अण्डाकाे मूल्य बृद्धि

- शुभ बिहानी / बुधबार, साउन १३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पछिल्लाे समय देशकाे विभिन्न जिल्लामा देखिएकाे बर्ड फ्लु संक्रमण नियन्त्रणसँगै अण्डाकाे मूल्य बृद्धि भएकाे छ । नेपाल लेयर्स कुखुरा पालक संघले आजबाट अण्डाको समर्थन मूल्य बढाएको हाे ।

बर्ड फ्लु संक्रमण नियन्त्रणसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको हाे । जसअनुसार अण्डा, मासु र चल्लाको मूल्य पूर्ववत् अवस्थामा फर्किन सुरु गरेको छ भने फार्महरूको दररेटलाई आधार मानेर मूल्य बढाइएको हो ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँले वृद्धि गरिएको छ । ठूलो अण्डा प्रतिक्रेट ५०० बाट ५३०, मिडियम ४७० बाट ५०० र सानो अण्डा प्रतिपेटी २ हजार ९०० बाट ३ हजार पुर्‍याइएको छ भने एक्सेल अण्डा ५१५ बाट ५४५ पुगेको छ ।

अहिले बर्डफ्लु नियन्त्रणमा आएसँगै खपत बढेको र उत्पादनमा कमी आएका कारण अण्डाको समर्थन मूल्य बढाइएको हाे । यसअघि बर्डफ्लुका कारण ठूलो अण्डा प्रतिक्रेट ४५० रुपैयाँमा झरेको थियो । प्रतिक्रेट ५६५ रुपैयाँबाट रोगको सङ्क्रमण देखिएसँगै मूल्य घटेको थियो ।

ण्डै १० लाख लेयर्स कुखुरा बर्डफ्लु र एचनाईनका कारण मरेका छन् भने चैत महिनादेखि असारसम्म दैनिक उत्पादन ४३ लाखबाट घटेर २८ लाखमा झरेको छ । यसलाई हेर्दा दैनिक १५ लाख हाराहारी अण्डा उत्पादन घटेकाले ठूलो नोक्सान भएको हाे ।

कुखुराको मासु र चल्लाको मूल्य पनि बढ्न थालेको छ । ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा रु. ७० पुगेको छ । रोगका कारण तीन ह्याच नष्ट गरेका उद्योगीले गोटाको रु १५ मा समेत बिक्री गरेका थिए । ह्याचरी उद्योग संघ नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा ६५ रुपैयाँ हो ।

यस्तै लेयर्स चल्लाको लागत मूल्य प्रतिगोटा १२५ रुपैयाँ हो भने अहिले बजारमा १५० रुपैयाँमा बिक्री हुन थालेको छ । एक सातामा ब्रोइलर चल्ला २८ देखि ३० लाख र लेयर्स चल्ला १ लाख उत्पादन हुने गर्दछ । बर्डफ्लुभन्दा पहिला ब्रोइलर चल्ला साताको ४० देखि ४५ लाखसम्म उत्पादन हुने गरेको थियो ।

रोग सङ्क्रमणका कारण दैनिक नौ लाख किलो बिक्री भइरहेको कुखुराको मासु घटेर दैनिक पाँच लाख किलोमा झरेको थियो । यो बढेर अहिले दैनिक सात लाख किलो पुगेको छ । किसानले ब्रोइलरको जिउँदो कुखुरा प्रतिकिलो रु २६० मा बिक्री गर्दै आएकामा घटेर रु. १५० मा झरेको थियो । अहिले बढेर रु. २१५ पुगेको लामिछानेले जानकारी दिए । रोगका कारण भएको क्षतिको विवरण निकाल्ने काम भइरहेको भन्दै उनले अर्बौँ गुमाउनुपरेको बताए ।

पशु सेवा विभागका अनुसार यही साउन १ गतेयता बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरी जलमा सङ्क्रमण देखिएको थियो । विभागको तथ्यांकअनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो ।

Page Views: 11
संबन्धित शिर्षकहरु
सबै राजनीतिक दल एक हुनुपर्नेमा रवि लामिछानेकाे जाेड
आज गुरु पूर्णिमा मनाइँदै
देवानगञ्जमा दुई समूहबीच फेरि झडप
ताजा अपडेट
  • बर्ड फ्लु रोग नियन्त्रणसँगै अण्डाकाे मूल्य बृद्धि
  • सबै राजनीतिक दल एक हुनुपर्नेमा रवि लामिछानेकाे जाेड
  • आज गुरु पूर्णिमा मनाइँदै
  • देवानगञ्जमा दुई समूहबीच फेरि झडप
  • प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा
  • आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द
  • सुनसरी घटनाकाे कारण विराटनगरका अधिकांश शैक्षिक सस्था बन्द
  • ट्रक दुर्घटनापछि आगलागी, चालकको जलेर मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama