Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महाधिवेशन रोक्न अन्तरिम आदेश माग्दै सर्वोच्च जाने देउवा–खड्का पक्षको तयारी

- शुभ बिहानी / शुक्रबार, भदौ ०५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पार्टीभित्रको इतर पक्ष सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ।

पार्टीले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी तयारी अघि बढाइरहेका बेला इतर समूहले कानुनी बाटो रोज्ने तयारी गरेको हो।

नेपाली कांग्रेसले आगामी असोज १६ गतेदेखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ।

तर, पार्टीको आधिकारिकतासम्बन्धी विवादको अन्तिम टुंगो नलाग्दै महाधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै इतर पक्षले त्यसलाई रोक्न अदालतको ढोका ढकढक्याउन लागेको जनाएको छ।

नेता मीन विश्वकर्माका अनुसार पूर्वसभापति शेरबहादुर देउवा र तात्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट निवेदन दर्ता गर्ने तयारी भइरहेको छ।

महाधिवेशन प्रक्रिया र पार्टीको आधिकारिकतासँग जोडिएको कानूनी विषयमा कानून व्यवसायीहरूसँग आवश्यक परामर्श भइरहेको विश्वकर्माले बताएका छन्।

उनका अनुसार रिट दर्ताको प्रक्रिया अघि बढाइए पनि शीर्ष नेताहरू भने स्वयं सर्वोच्च अदालतमा उपस्थित हुने छैनन्।

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि पुनः सुनुवाइका लागि निस्सा प्रदान गरिसकेको छ।

उक्त विवादको अन्तिम फैसला नआउँदासम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्नुपर्ने माग गर्दै इतर पक्षले अन्तरिम आदेशको मागसहित रिट दर्ता गर्ने तयारी गरेको हो।

महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षसँगै कानूनी विवाद पनि थप गहिरिँदै गएको छ।

सर्वोच्च अदालतमा रिट दर्ता भएपछि १५औँ महाधिवेशनको निर्धारित कार्यतालिका र आगामी प्रक्रिया कुन दिशातर्फ अघि बढ्छ भन्ने विषय थप चासोको केन्द्रमा रहने देखिएको छ।

Page Views: 130
संबन्धित शिर्षकहरु
आज हल्का वर्षा र हिमपातकाे सम्भावना
चाडपर्वलाई लक्षित गरि सहुलियत दरमा चामल बिक्री
कांग्रेसको १५औँ महाधिवेशनकाे दाेश्राे दिन बन्दसत्र हुँदै
ताजा अपडेट
  • आज हल्का वर्षा र हिमपातकाे सम्भावना
  • चाडपर्वलाई लक्षित गरि सहुलियत दरमा चामल बिक्री
  • कांग्रेसको १५औँ महाधिवेशनकाे दाेश्राे दिन बन्दसत्र हुँदै
  • चिनियाँ राजदूत मुस्ताङकाे कोरला नाका पुगे
  • काठमाडौंमा झण्डै ३० हजार सिलिन्डर वितरण
  • अध्यक्षमा पुनः डा.सीके राउत निर्वाचित
  • बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
  • नेपालबाट मनसुन बाहिरिने तयारीमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama