आगमी आइतबार प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने भएका हुन् ।
आज परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सिंहदरबारमा आयोजना गरेका पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिएका हुन् । सचिव राईका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो पाैने २ बजे नेपाल वायुसेवाको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने बताइएकाे छ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीसहित ३४ सदस्यीय टाेली सहभागी हुनेछन् ।