गएराति हुम्लामा गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी भएकाे छ । हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी भएको हाे ।
राति पौने २ बजेको समयमा गाउँपालिका कार्यालयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । विद्युत् सर्ट भई आगलागी हुँदा पालिकाकाे लेखा शाखा, न्यायिक समितिको सचिवालय र जिन्सी शाखामा राखिएका अधिकांश श्रेस्ता तथा महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएकाे बताइएकाे छ ।