अहिले भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना प्राप्त भए पनि रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाले भोटेकोशी नदीमा पानीकाे बहाव बढेको भए पनि ठूलो बाढीको जोखिम नरहेको जनाएकाे हाे । कार्यालयले एक सूचना जारी गर्दै नदीमा पानीकाे बहाव बढेकाे र त्यसकाे निगरानी तथा विश्लेषण अनुसार ठूलो बाढीको अवस्था नरहेको महाशाखाले स्पष्ट पारेको हाे ।
महाशाखाका अनुसार अहिलेको अवस्थालाई आधार मान्दा रसुवा, नुवाकोट र धादिङसम्म नदी आसपासका क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको बताइएको छ । नदीको जलसतह र बहावमा परिवर्तन आउन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा आधिकारिक सूचना र स्थानीय प्रशासनको निर्देशनलाई ध्यान दिन आग्रह गरिएको छ ।