Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अर्को सूचना जारी नभएसम्म चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग बन्द

- शुभ बिहानी / आइतबार, भदौ १४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द गरिएका छन् । रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि सवारी साधन आवतजावतमा रोक लगाएको हो ।

प्रहरीका अनुसार नारायणगढबाट पोखरा, मुग्लिन हुँदै काठमाडौँतर्फ जाने र आउने सबै किसिमका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएकाे छ । नदीमा पानीको बहाव बढ्ने र पहिरोको जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन पनि प्रहरीले आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले जोखिमयुक्त क्षेत्रमा नबस्न, सम्बन्धित निकायको निर्देशन पालना गर्न र यात्रा स्थगित गरी आफ्नो तथा परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Page Views: 1
संबन्धित शिर्षकहरु
रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
ताजा अपडेट
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा
  • अर्को सूचना जारी नभएसम्म चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग बन्द
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama