Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने

- शुभ बिहानी / मङ्गलबार, भदौ १६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने भएको छ । उक्त सडक मार्फत ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाकाे ग्यास उद्योगले उपत्यका बाहिर भरेर ग्यासका सिलिण्डर गाडीमा लैजाने भएका हुन् ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ । उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने बताइएकाे छ ।

संघका अध्यक्ष चन्दका अनुसार उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशत बढी ग्यास आवश्यक रहेको बताउँछन् ।

संघका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौँ लगिने बताए । त्यसरी भरिएका ग्यास त्रिभुवन राजपथसहितका सडकबाट काठमाडौँ लगिने उनकाे भनाइ रहेकाे छ ।

अहिले राजधानी बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा ग्यास अभाव नहुने भएकाले जगेडा नराख्न पनि उपभाेक्तलाइ अनुराेध गरिएकाे छ ।

श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी, एभरेष्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेको पनि कालाखेतीले जानकारी दिएका छन् । साथै अन्य उद्योगले पनि राजधानी बाहिरका उद्योग वा अन्य उद्योगसँग समन्वय गरेर ग्यास भर्न सुरु गरेको उनको भनाइ रहेकाे छ ।

Page Views: 4
संबन्धित शिर्षकहरु
नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
ताजा अपडेट
  • राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
  • नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
  • देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama