Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, मङि्सर ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आजदेखि काभ्रेकाे नमोबुद्ध जात्रा सुरु

- शुभ बिहानी / सोमबार, मङि्सर ०८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आजदेखि काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–११, स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा नमोबुद्ध जात्रा सुरु हुँदैछ । भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेका राजकुमार महासत्त्वको त्याग र करुणाको किंवदन्तीसँग जोडिएको ऐतिहासिक नमोबुद्ध जात्रा आजदेखि सुरु हुन लागेकाे हाे ।

कात्तिक शुक्ल चतुर्दशीदेखि प्रतिपदासम्म सञ्चालन हुने जात्राको पहिलो दिन आज राति दिवङ्गत पितृहरूको सम्झनामा रातभर दीप प्रज्ज्वलन गर्ने परम्परा रहेको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिएका छन् ।

त्यसैगरि भोलि कात्तिक शुक्ल पूर्णिमाका दिन मुख्य मेला तथा विशेष पूजाआजा हुने पनि अध्यक्ष बज्र लामाले जानकारी दिएका छन् । धार्मिक किंवदन्तीअनुसार तत्कालीन पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमार महासत्त्व एक दिन आफ्ना दाजुहरूसँग वनबिहारमा गएका थिए । गन्धमान पर्वतको जङ्गलमा पुगेका बेला उनीहरूले भोकले छटपटिएकी सुत्केरी बघिनी र उनका पाँच डमरु देखे ।

भोक र अशक्तताका कारण बघिनी आफ्नै डमरुलाई समेत खानुपर्ने अवस्थामा पुगेकी थिइन् । बघिनी र डमरुको पीडा देखेर द्रवित भएका महासत्त्वले दाजुहरूलाई अघि पठाएर आफू त्यहीँ बसे । बघिनीले सुरुमा उनको शरीर खान नसकेपछि राजकुमारले आफ्नो शरीरमा चोट पुर्याइ रगत बगाए ।

त्यसपछि आफ्नो शरीरको मासु अर्पण गरी बघिनी र पाँच डमरुको प्राण बचाएको धार्मिक विश्वास छ । राजकुमारको देह त्यागपछि उनका अवशेष सङ्कलन गरी सोही स्थानमा स्तूप निर्माण गरिएको किंवदन्ती छ । यही घटनासँग जोडिएर उक्त स्थान ‘नमोबुद्ध’ नामले चिनिन थालेको मानिन्छ ।

राजकुमारको त्याग र करुणाको स्मरणमा हरेक वर्ष जात्रा लाग्ने परम्परा छ । यस अवसरमा भक्तजनले पूजाआजा, दीप प्रज्ज्वलन तथा विभिन्न धार्मिक अनुष्ठान गर्ने गर्छन् । मेला अवधिमा ५० हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले जानकारी दिए ।

उनका अनुसार दर्शनार्थीको सहजता, यातायात व्यवस्थापन, सरसफाइ तथा शान्ति सुरक्षाका लागि नगरपालिका, नमोबुद्ध गुठी र स्थानीय सुरक्षा निकायबीच समन्वय गरी आवश्यक तयारी गरिएको छ ।

जात्रामा काभ्रेपलाञ्चोकसहित काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र धादिङलगायत जिल्लाबाट हजारौँ बौद्ध धर्मावलम्बी तथा आन्तरिक पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ ।

Page Views: 5
संबन्धित शिर्षकहरु
सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने
आज पनि सुनचाँदीको मूल्यमा गिरावट
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
ताजा अपडेट
  • सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने
  • आजदेखि काभ्रेकाे नमोबुद्ध जात्रा सुरु
  • आज पनि सुनचाँदीको मूल्यमा गिरावट
  • दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
  • आज दिउँसो प्रधानमन्त्री शाह नयाँ दिल्ली प्रस्थान गर्दै
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले शपथ लिने
  • प्रधानमन्त्री शाह दुईदिने भारत भ्रमणमा जाँदै
  • बढी मूल्यमा ग्यास बेच्ने स्टोरलाई २ लाख जरिवाना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama