Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक

- शुभ बिहानी / आइतबार, मङि्सर ०७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

यहि मंसिर १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आज सार्वजनिक गरेको विवरणमा एथ्लेटिक्स, महिला र पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल, कबड्डी सुर्खेतमा सञ्चालन हुने उल्लेख गरिएकाे छ ।

त्यसैगरि कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबुल टेनिस, उसु, तेक्वान्दो, जिम्न्याष्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारत्तोलन, साइक्लिङ, इस्पोर्टस् पनि सुर्खेतकै विभिन्न स्थानमा सञ्चालन हुने परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले जानकारी दिए। उनका अनुसार, टेनिस, महिला तथा पुरुष खो–खो (बर्दिया), पौडी र सुटिङ (नेपालगञ्ज) मा हुने तालिका रहेकाे छ ।

जुडो र कुस्ती (सल्यान), आइटिएफ तेक्वान्दो (दैलेख), महिला तथा पुरुष फुटबलको सेमी र फाइनल खेल (जुम्ला), बुद्धिचाल (कालीकोट), शारीरिक सुगठन (पश्चिम रुकुम)मा हुनेछ बताइएकाे छ । सदस्यसचिव मेहत्ताका अनुसार सुर्खेतमा २२, सल्यानमा दुई, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक/एक खेल हुनेछन् ।

त्यस्तै, बाँके र बर्दियामा दुई÷दुई खेल सञ्चालन गरिनेछ। केही खेल यही मङ्सिर ८ गतेदेखि सुरु हुने भएपनि प्रतियोगिताको औपचारिक समुद्घाटन भने यही मङ्सिर १६ गते गरिने छ ।प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल्स गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउँदै प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी तुल्याउन आयोजक मूल समारोह समितिसहित विभिन्न १४ वटा समिति गठन गरिएको बताएका छन् ।

Page Views: 12
संबन्धित शिर्षकहरु
आज पनि सुनचाँदीको मूल्यमा गिरावट
आज दिउँसो प्रधानमन्त्री शाह नयाँ दिल्ली प्रस्थान गर्दै
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शपथ लिने
ताजा अपडेट
  • आज पनि सुनचाँदीको मूल्यमा गिरावट
  • दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
  • आज दिउँसो प्रधानमन्त्री शाह नयाँ दिल्ली प्रस्थान गर्दै
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले शपथ लिने
  • प्रधानमन्त्री शाह दुईदिने भारत भ्रमणमा जाँदै
  • बढी मूल्यमा ग्यास बेच्ने स्टोरलाई २ लाख जरिवाना
  • आज हरिबोधिनी एकादशी पर्व मनाइँदै
  • सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama