एकाएक आकशिएकाे सुनकाे मूल्य निरन्तर ओरालो लाग्न थालेकाे छ । नेपाली बजारमा एक सातायता निरन्तर ओरालो लागेको सुनको मूल्य आज पनि घटेको छ ।
हिजाे मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै आज छापावाल सुनको मूल्य २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
हिजाे ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको थियो । आइतबार ९ हजार ५ सय रुपैयाँले घटेर सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँमा काराेबार भएकाे थियो ।
त्यसैगरि चाँदीको मूल्य १८५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५८० रुपैयाँ काराेबार भइरहेको महासंघले जनाएको छ । हिजाे मंगलबार १५ रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ७६५ रुपैयाँमा काराेबार भएकाे थियो ।