Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ २१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विनासकारी बाढीमा परेका १ हजार ३३१ जनाको शव फेला

- शुभ बिहानी / आइतबार, भदौ २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको विनासकारी बाढीपछि हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको छ । उक्त विपत्तीमा परि ५ हजार जना अझै सम्पर्कविहीन रहेका छन् भने विनासकारी बाढीबाट ठूलो जनधनको क्षति भएकाे र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी तथा उद्धारलाई तीव्र बनाएकाे छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार फेला परेका शवमध्ये रसुवामा १५६, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२२, नवलपरासीपश्चिममा २१९ तथा चितवनमा ३६० रहेकाे बताइएकाे छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्मको अद्यावधिक विवरणअनुसार करिब एक हजार ९६७ जना, नुवाकोटबाट करिब दुई हजार ३४० जना, ५८९ जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी १०० जना रहेका छन् । बेपत्ताको सङ्ख्या ठूलो रहेकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ ।

त्यसैगरि बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट हालसम्म १३ हजार १०१ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले ४ हजार १६२, नेपाल प्रहरीले ४ हजार ६८ तथा सशस्त्र प्रहरी बलले संयुक्त रूपमा ४ हजार ८७१ जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ । भेटिएका शव मध्ये हालसम्म ९८ वटा शवको सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ । बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म ५ हजार ९२९ जनाको उपचार गरिएको प्रवक्ता महतले बताए ।

विभिन्न अस्पतालमा ३१६ जना, नेपाली सेनाबाट ३ हजार २९७ जना र सशस्त्र प्रहरी बलबाट २ हजार ३१६ जनाले स्वास्थ्योपचार सेवा लिएका छन् । बाढी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ४१ होल्डिङ सेन्टरमा ३ हजार ९८२ जनाले सुरक्षित आश्रय लिइरहेका छन् भने विस्थापित तथा प्रभावितलाई सुरक्षित स्थानमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले एकै पटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन् । सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारलाई अझ तीव्र बनाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Page Views: 5
संबन्धित शिर्षकहरु
सुनचाँदीकाे मूल्य घट्याे
पहिराेका कारण साँफे-मार्तडी सडक खण्ड अवरुद्ध
गाेरखामा बाढीले चार घर र एक पुल बगायाे
ताजा अपडेट
  • सुनचाँदीकाे मूल्य घट्याे
  • पहिराेका कारण साँफे-मार्तडी सडक खण्ड अवरुद्ध
  • विनासकारी बाढीमा परेका १ हजार ३३१ जनाको शव फेला
  • गाेरखामा बाढीले चार घर र एक पुल बगायाे
  • आज कतिमा हुँदैछ फलफूल तथा तरकारीकाे बिक्री
  • सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
  • श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
  • आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama