भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएकाे छ । भरतपुर महानगरपालिका–९, पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको हाे ।
चालककाे शरीर जलेका कारण मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो ।
कारमा आगलागी भएपछि दमकलको सहायताले आगो निभाइएको थियो भने कार पूर्ण रूपमा जलेको छ ।