Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भाेटेकाेशी बाढीमा ज्यान गुमाउनेको संख्या १३९२, चार हजार बढी सम्पर्कविहीन

- शुभ बिहानी / सोमबार, भदौ २९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

यहि भदाै १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परि ज्यान गुमाउनेको संख्या १ हजार ३९२ पुगेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परेका ४ हजार ८९ जना सम्पर्कविहीन रहेका छन् ।

बाढी पछि फेला परेका शवहरूमध्ये ५४२ पुरुष, ३३६ महिला र ५१४ वटा आंशिक अंग मात्र रहेका छन् । हालसम्म फेला परेकामध्ये १०३ वटा शवको पहिचान भई आफन्तलाई हस्तान्तरण गरिसकिएको र बाँकी शवको पहिचान र सनाखतका लागि डिएनए परीक्षणलाई प्राथमिकताका साथ अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

बाढीमा बेपत्ता भएका ४ हजारभन्दा बढी व्यक्तिहरूको खोजी तीव्र पारिएको छ भने बेपत्ता हुनेमा स्वदेशी नागरिकतर्फ २ हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन् । त्यसैगरि विदेशी नागरिकतर्फ २७२ पुरुष र ३२८ महिला सम्पर्कविहीन रहेका छन् ।

विनाशकारी विपदपछि चालिएको उद्धार कार्यका क्रममा हालसम्म ९ हजार २८७ जना घाइतेको सकुशल उद्धार गरिएको छ । जसमा ६ हजार ४०७ पुरुष, २ हजार ८३० महिला र पहिचान नखुलेका ५० जना रहेका छन् । उद्धार गरिएकामध्ये २ हजार ७८१ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरहरूमा राखिएको छ ।

बाढीबाट ठूलो मानवीय क्षति भएकाले प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार, शवको पहिचान र राहत व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायहरू संयुक्त रूपमा परिचालित छन् ।

Page Views: 9
संबन्धित शिर्षकहरु
देशका विभिन्न स्थानमा भएकाे दुर्घटनामा परी १० जनाको मृत्यु
मोटरसाइकल चोरी अभियोगमा दुई जना पक्राउ
पछिल्लो २४ घण्टामा ९९९ सवारी चालक कारबाहीमा
ताजा अपडेट
  • देशका विभिन्न स्थानमा भएकाे दुर्घटनामा परी १० जनाको मृत्यु
  • मोटरसाइकल चोरी अभियोगमा दुई जना पक्राउ
  • भाेटेकाेशी बाढीमा ज्यान गुमाउनेको संख्या १३९२, चार हजार बढी सम्पर्कविहीन
  • पछिल्लो २४ घण्टामा ९९९ सवारी चालक कारबाहीमा
  • राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
  • आज हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीज मनाइँदै
  • मलेसिया पठाउने २५० म्यानपावरकाे पूर्वस्वीकृति प्रक्रिया रोक्का
  • महिलाहरुकाे विशेष पर्व तीज सुरु, आज दर खाने तयारी

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama