पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएकाे सवारी दुर्घटनामा १४९ जना घाइते भएका छन् ।
पछिल्लो २४ घण्टा भित्र देशभर भएका सवारी दुर्घटनामा साे मानवीय क्षति भएको हो । प्रदेशगत विवरणअनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ४ जनाको मृत्यु भएको छ भने त्यहाँ १८ जना घाइते भएका छन् ।
त्यसैगरि कर्णाली प्रदेशमा ३ जनाको मृत्यु हुँदा १८ जना घाइते भएका छन भने मधेश प्रदेशमा २ जनाको मृत्यु र ५० जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।
अन्य प्रदेशतर्फ गण्डकी प्रदेशमा ११ जना, बागमती प्रदेशमा ६ जना, काठमाडौं उपत्यकामा ११ जना र कोशी प्रदेशमा २२ जना घाइते भएका छन् ।