Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

शहीद परिवारको सम्मान गर्दै मधेशको ‘अबको बाटो’बारे जनकपुरमा बहस

- शुभ बिहानी / बुधबार, भदौ ३१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber
जनकपुरधाम । मधेश आन्दोलनका वीर शहीदहरूको योगदान र बलिदानलाई राज्य तथा राजनीतिक नेतृत्वले बिर्सिँदै गएको भन्दै जनकपुरधाममा आयोजित एक कार्यक्रमका सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले मधेश आन्दोलनपछि शीर्ष नेताहरू सरकार र सत्तामा पुगे पनि शहीद तथा आन्दोलनको मूल मुद्दालाई प्राथमिकतामा नराखेको आरोप लगाएका छन्।

शहीद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबार जनकपुरधाममा शहीद संजय चौधरी, नितु यादव र दिलिप यादवको स्मृतिमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमअन्तर्गत बिहान शहीद गेटमा रहेका शहीदहरूको सालिकमा माल्यार्पण तथा सरसफाइ गरिएको थियो। त्यसपछि जनकपुरधामस्थित रौनियार धर्मशालामा दिउँसो १ बजेदेखि पुण्यतिथि तथा ‘मधेशको अबको बाटो’ विषयक संवाद कार्यक्रम आयोजना गरिएको थियो।
सो अवसरमा प्रतिष्ठानले धनुषा, महोत्तरी र सर्लाही जिल्लाका शहीद परिवारलाई सम्मान गरेको थियो। त्यस्तै, मधेश आन्दोलनमा सहभागी सामाजिक अभियन्ता, युवा तथा मधेशका स्थानीय नेताहरूलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले मधेश आन्दोलनको उपलब्धि र त्यसपछि विकसित राजनीतिक परिस्थितिको निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिए। उनीहरूले आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका शहीदहरूको योगदानलाई राजनीतिक नेतृत्वले उचित सम्मान दिन नसकेको गुनासो गरे।
सहभागीहरूले मधेशका शीर्ष नेताहरू सच्चिनुपर्ने र आन्दोलनको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए। उनीहरूका अनुसार अबको मधेश आन्दोलन र राजनीतिक नेतृत्वमा पुस्तान्तरण अपरिहार्य भइसकेको छ।

वक्ताहरूले पछिल्ला निर्वाचनमा जनताले शीर्ष नेताहरूप्रति देखाएको असन्तुष्टिलाई समेत गम्भीर रूपमा लिनुपर्ने बताए। मधेशका प्रत्येक जिल्लामा यस्ता संवाद तथा समीक्षा कार्यक्रम निरन्तर सञ्चालन गर्दै आन्दोलनको उपलब्धि, कमजोरी र आगामी बाटोबारे गम्भीर बहस गर्नुपर्ने उनीहरूको भनाइ थियो।
मधेशको अधिकार, पहिचान र सम्मानका लागि जीवन बलिदान गरेका शहीदहरूको त्यागलाई सदैव स्मरण गर्नुपर्नेमा जोड दिँदै सहभागीहरूले शहीदहरूले देखाएको बाटोमा अघि बढ्नु नै उनीहरूप्रतिको सच्चा सम्मान हुने बताए।
कार्यक्रम शहीद संजय चौधरी स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा शहीद संजय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता संजय यादवले गरेका थिए।
Page Views: 9
संबन्धित शिर्षकहरु
लोककल्याणकारी विज्ञापन राज्यको दया होइन
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा
प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा स्वेच्छिक रुपमा संकलित रु. ४० लाख ८० हजार ५० पचास सहयोग
ताजा अपडेट
  • लोककल्याणकारी विज्ञापन राज्यको दया होइन
  • पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा
  • प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा स्वेच्छिक रुपमा संकलित रु. ४० लाख ८० हजार ५० पचास सहयोग
  • शहीद परिवारको सम्मान गर्दै मधेशको ‘अबको बाटो’बारे जनकपुरमा बहस
  • मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्री बालेन शाहले बोलाए बैठक
  • आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
  • आज ऋषि पञ्चमी पर्व मनाइँदै
  • आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama