Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इन्द्रजात्राको तयारी तीव्र

- शुभ बिहानी / सोमबार, असोज ०५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वसन्तपुर दरबार क्षेत्रमा मनाइने इन्द्रजात्राको तयारी तीव्र पारिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा मनाइने इन्द्रजात्रा यस वर्ष पनि मनाउने तयारी तीव्र पारिएको हाे ।

उक्त जात्राका लागि रथ निर्माण, सरसफाइ, रङरोगन तथा अन्य आवश्यक व्यवस्थापनका काम अन्तिम चरणमा पुगेकाे छ । दरबार क्षेत्रका काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायतका सम्पदामा रङरोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको छ भने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यका अनुसार जात्राका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएका छन् ।

इन्द्रजात्रालाई व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्न व्यवस्थापन समितिसँग आबद्ध ३१ गुठी खलःसँग पटक–पटक छलफल गरिएको र जात्राका क्रममा शान्ति सुरक्षाका लागि नेपाल प्रहरीका सम्बन्धित निकायसँग पनि समन्वय गरिएको अध्यक्ष शाक्यले बताएका छन् ।

इन्द्रजात्रा राष्ट्रिय पर्व भएकाले स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य सहभागिता हुने भएकाले पर्यटक तथा श्रद्धालुको व्यवस्थापनलाई ध्यानमा राखेर आवश्यक तयारी भइरहेको अध्यक्ष शाक्यले बताए । विशेषगरी नेवार समुदायमा ठूलो सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको इन्द्रजात्रा काठमाडौं उपत्यकासहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका क्षेत्रमा परम्परागत रूपमा मनाउने गरिन्छ ।

इन्द्रजात्राको मुख्य विधिअन्तर्गत हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने यस धार्मिक विधिलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परासमेत रहेको छ भने धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार शत्रुमाथि विजय प्राप्त गरेपछिको उत्सवका रूपमा इन्द्रजात्रा मनाउने गरिएको विश्वास रहेकाे छ ।

इन्द्रजात्राका अवसरमा हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपतिले जीवित देवीका रूपमा पुजिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा रहेकाे छ । यसरी इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने जात्रामा विभिन्न परम्परागत नाच तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिन्छ ।

जसमा भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशावतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक मानिने पुलुकिसी नाच इन्द्रजात्राका प्रमुख आकर्षण समेत हुन् । लिङ्गो ठड्याइएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पातन गरेपछि इन्द्रजात्राको विधिवत रुपमा समापन गरिन्छ ।

Page Views: 11
संबन्धित शिर्षकहरु
सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
ताजा अपडेट
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
  • कोशीमा डेंगु संक्रमणको प्रकाेप बढ्दाे
  • एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्दै
  • इन्द्रजात्राको तयारी तीव्र
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama