प्रतिनिधि सभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । बैठक मध्यन्ह सवा १२ बजे सिंहदरबारस्थित प्रतिनिधि सभा कक्षसँगै रहेको कार्यव्यवस्था हलमा बस्न लागेकाे हाे ।
बैठक कार्यव्यवस्था हलमा बस्ने प्रतिनिधि सभा सचिवालयले जनाएको छ । बैठकमा रसुवा-भोटेकोशी-त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठनसम्बन्धी छलफल हुने कार्यसूची रहेकाे बताइएकाे छ ।