Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

माओवादी हुँ भन्दै चन्दा असुल्ने दुई जना समातिए

- शुभ बिहानी / मङ्गलबार, असोज ०६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गोरखामा चन्दा असुली गर्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । पालुङटार नगरपालिका–७, च्याङ्ली बस्ने ३८ वर्षीय अमृत सापकोटा र मोरङको मिक्लाजुङ गाउँपालिका–९, का ३८ वर्षीय राजकुमार माझी समातिएका हुन् ।

प्रहरीका अनुसार उनीहरुले आज दिउँसो शहिदलखन गाउँपालिका–१, खहरेटोल बस्ने रामलक्ष्मण सामुदायिक वनका सचिव रामबहादुर भुजेललाई आफूहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को कार्यकर्ता भएको बताउँदै ज्यान लिनेसम्मको धम्की दिँदै चन्दा मागेको सूचना प्राप्त भएको थियो ।

त्यसपश्चात् जिल्ला प्रहरी कार्यालयका सहायक निरीक्षक (असई) ईश्वर बाचेमगरको कमाण्डमा खटिएको टोलीले चन्दा असुली गर्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट २० हजार नगद, माओवादीको एउटा स्ट्याम्प छाप, रसिद प्याड दुई थान र ५० थान पर्चा बरामद गरिएको प्रहरीले जनाएको छ ।

Page Views: 8
संबन्धित शिर्षकहरु
पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
बसमा आगलागीका कारण घाइते चालकको निधन
ताजा अपडेट
  • पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
  • बसमा आगलागीका कारण घाइते चालकको निधन
  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै
  • माओवादी हुँ भन्दै चन्दा असुल्ने दुई जना समातिए
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama