Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा

- शुभ बिहानी / मङ्गलबार, असोज ०६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ९७५ सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यकाकाे विभिन्न स्थानमा गरिएकाे विशेष जाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानमा सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको बताइएकाे छ । कारबाहीमा पर्नेहरूमा तीव्र गतिमा सवारी चलाउने १ सय ३० जना र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४८ जना रहेका छन् ।

त्यसैगरि सिसिटिभी फुटेजका आधारमा ६१ जना, रातो बत्तीको इसारा उल्लंघन गर्ने ५१ जना र लेन अनुशासन पालना नगर्ने ४७ जना चालक कारबाहीमा परेकाे ट्राफिक प्रहरीले जनाएकाे छ ।

त्यसैगरी, सवारीसाधनको यान्त्रिक अवस्था ठिक नभएका ५५, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने २१, एकतर्फी (वान-वे) सडकमा सवारी चलाउने १४ र अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ५ सय ४८ जना चालकलाई कारबाही गरिएको थियाे ।

उपत्यकाका विभिन्न नाका तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण तथा सवारी आवागमनलाई व्यवस्थित बनाउन कडाइका साथ चेक जाँच गर्दै आएको छ ।

Page Views: 9
संबन्धित शिर्षकहरु
नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
बसमा आगलागीका कारण घाइते चालकको निधन
ताजा अपडेट
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
  • पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
  • बसमा आगलागीका कारण घाइते चालकको निधन
  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै
  • माओवादी हुँ भन्दै चन्दा असुल्ने दुई जना समातिए
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama