Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज कांग्रेस पालिका तहको अधिवेशन हुँदै

- शुभ बिहानी / बुधबार, असोज ०७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज नेपाली कांग्रेसले देशभर पालिका तहको अधिवेशन गर्दैछ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन गर्न लागेको हो ।

यसअघि केही छिटपुट स्थानबाहेक देशभरका वडामा शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मङ्गलबार अधिवेशन सम्पन्न भएको बताइएकाे छ ।

त्यसैगरि मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।

नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुने र जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था रहेकाे छ । त्यस्तै कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान रहेकाे छ ।

Page Views: 4
संबन्धित शिर्षकहरु
पोखरामा चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालन
समस्याग्रस्त ४ सहकारीबाट १०५ जनाले रकम फिर्ता पाए
इन्द्रजात्रा पर्वकाे औपचारिक सुरुवात
ताजा अपडेट
  • पोखरामा चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालन
  • समस्याग्रस्त ४ सहकारीबाट १०५ जनाले रकम फिर्ता पाए
  • आज कांग्रेस पालिका तहको अधिवेशन हुँदै
  • इन्द्रजात्रा पर्वकाे औपचारिक सुरुवात
  • आजदेखि फ्लाई दुबईले पोखरा रुटमा नियमित उडान गर्दै
  • काभ्रेमा भारी वर्षाकाे सम्भावनालाई दृष्टिगत गर्दै उच्च सतर्कता अपनाउन आग्रह
  • महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama