पहिराेका कारण अवरुद्ध भएकाे पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरे भन्ने स्थानमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग दुईतर्फी सञ्चालनमा आएको हाे ।
अविरल वर्षासँगै उक्त दुई स्थानमा लेदोसहित पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएकाे धादिङ प्रहरीले जनाएको छ । यसअघि १० र १४ भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गर्दा १८ दिन पृथ्वी राजमागर्ग अवरुद्ध बनेको थियो ।
उक्त बाढीका कारण कटान भएर सडक भासिएकाे कृष्णभिरमा नयाँ ट्र्याक खोलेर १ असोजदेखि पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।