Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आजदेखि वर्षा सुरु, आइतबारसम्म भारी वर्षाको सम्भावना

- शुभ बिहानी / बिहिबार, असोज ०८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालमा बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभावका कारण आजदेखि वर्षा सुरु भएको छ । जलवाष्पयुक्त हावा नेपालतर्फ भित्रिएसँगै देशका विभिन्न क्षेत्रमा वर्षा सुरु भएकाे हो ।

उक्त मौसमी प्रणालीको प्रभावले शुक्रवारदेखि आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले जनाएका छन् । आज कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

भाेलि शुक्रवार र पर्सि शनिवार वर्षाको मात्रा अझ बढ्नसक्ने र भारी वर्षाका कारण कमजोर भू–भागमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढेर बाढीको जोखिमसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यसैगरि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहणलगायतका गतिविधिमा समेत असर पर्नसक्ने विभागले जनाएको छ । धानबाली भित्र्याउने समय रहेकाले किसानलाई मौसमको अवस्था हेरेर तथा विज्ञको सल्लाहअनुसार कृषि कार्य अघि बढाउन मौसमविद् ढकालले आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले शून्यदेखि १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी तथा १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षाका रूपमा वर्गीकरण गरेको छ ।

Page Views: 11
संबन्धित शिर्षकहरु
सुन र चाँदी दुवैको मूल्यमा गिरावट
सम्भावित विपदबाट बच्न मन्त्रालयकाे आग्रह
अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
ताजा अपडेट
  • सुन र चाँदी दुवैको मूल्यमा गिरावट
  • आजदेखि वर्षा सुरु, आइतबारसम्म भारी वर्षाको सम्भावना
  • सम्भावित विपदबाट बच्न मन्त्रालयकाे आग्रह
  • अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
  • पोखरामा चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालन
  • समस्याग्रस्त ४ सहकारीबाट १०५ जनाले रकम फिर्ता पाए
  • आज कांग्रेस पालिका तहको अधिवेशन हुँदै
  • इन्द्रजात्रा पर्वकाे औपचारिक सुरुवात

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama