अविरल वर्षा पछि गएकाे पहिरोका का।ण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको वालिङ-स्याङ्जा सडक खण्ड आज बिहानदेखि अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार पुतलीबजार नगरपालिका-१ तीनधारे र वालिङ नगरपालिका-१ रामबाच्छामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको बताइएकाे छ ।
सडक अवरुद्ध भएपछि प्रहरी, स्थानीय पालिका, सडक विभागको सहकार्यमा बाटो खोल्ने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ ।