Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुनापति आधारभूत अस्पतालमा स्वास्थ्य सेवा विस्तार

- शुभ बिहानी / बिहिबार, असोज ०८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सुनापति गाउँपालिकाले सुनापति आधारभूत अस्पतालमा स्वास्थ्य सेवा विस्तार गरेकाे छ । पालिकाकाे एक मात्र सरकारी अस्पताल सुनापति आधारभूत अस्पतालमा स्वास्थ्य सेवा विस्तार गरेकाे हाे ।

उक्त अस्पतालमा स्वास्थ्य सेवा विस्तारसँगै सेवाग्राहीको सङ्ख्या बढ्दै गएको बताइएकाे छ । अस्पतालमा आकस्मिक, दन्त, आँखा, प्रयोगशाला तथा प्रसूति सेवासहित विभिन्न स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीहरु उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यताबाट छुटकारा पाएका छन् ।

अस्पतालका प्रमुख तथा मेडिकल अधिकृत डा. नागेश्वर चौधरीका अनुसार हाल अस्पतालमा दैनिक औसत ५० देखि ६० जना सेवाग्राही आउने गरेकाे बताएका छन् । बिदापछि अस्पताल खुल्ने दिनमा सेवाग्राहीको सङ्ख्या करिब एक सयसम्म पुग्ने गरेको उनकाे भनाइ रहेकाे छ ।

डा. चौधरी भन्छन, “स्वास्थ्य चौकी हुँदा सेवाग्राहीको सङ्ख्या कम थियो । अस्पताल स्थापना भएपछि सेवा विस्तार भएका कारण स्थानीयवासी उपचारका लागि काठमाडौं जानुभन्दा आफ्नै अस्पतालमा आउने क्रम बढेको छ।”

गाउँपालिकाले पाँचवटै वडाका नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको हो । भौगोलिक विकटता, वर्षायाममा सडक अवरुद्ध हुने अवस्था तथा उपचारका लागि काठमाडौंसम्म पुग्नुपर्ने बाध्यतालाई ध्यानमा राखेर अस्पतालले स्थानीय स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको छ ।

Page Views: 9
संबन्धित शिर्षकहरु
कांग्रेस महाधिवेशन असाेज १८ गतेदेखि हुने
प्रधानमन्त्री रोजगार कार्यक्रममा भ्रष्टाचार, दश जनाउपर मुद्दा
मध्यराति कोठामा पसेर युवतीमाथि आगो लगाउने भारतीय पक्राउ
ताजा अपडेट
  • कांग्रेस महाधिवेशन असाेज १८ गतेदेखि हुने
  • प्रधानमन्त्री रोजगार कार्यक्रममा भ्रष्टाचार, दश जनाउपर मुद्दा
  • मध्यराति कोठामा पसेर युवतीमाथि आगो लगाउने भारतीय पक्राउ
  • वैदेशिक रोजगारीकाे प्रलाेभनमा पारी ठगी गर्ने दुई जना पक्राउ
  • सुनचाँदीकाे मूल्य घट्याे
  • सम्पर्कविहीन भएका नागरिकको अवस्था सार्वजनिक गर्न माग
  • नेपाली कांग्रेसको १५ औं महाधिवेसन सर्ने
  • हुम्लामा वर्षा र हिमपातले जनजीवन प्रभावित

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama