सुनापति गाउँपालिकाले उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेकाे छ । जल तथा मौसम विज्ञान विभागले देशैभर भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाे बताएसँगै पालिकाले सतर्कता अपनाउन आग्रह गरेकाे हाे ।
देशकाे विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने भएकाले खाेलाकाे तटिय क्षेत्र तथा पहिराे जाेखिम क्षेत्रहरुमा बसाेबास गर्ने नागरिकहरुले उच्च सतर्कता अपनाउन एक सूचना जारी गर्दै पालिकाले आग्रह गरेकाे हाे ।
भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडकमा समेत असर पर्न सक्ने भएकाले आवश्यक पूर्व सावधानी अपनाउनुका साथै स्थानीय सुरक्षा निकाय, वडा कार्यालयहरु,राजनीतिक दल,नागरिक समाज, सञ्चार माध्येम तथा विभिन्न संघ संस्थालगायत व्यक्ति तथा निकायले आवश्यक पूर्वतयारी र उच्च सतर्कताका लागि प्रचारप्रसार तथा समन्वय सहित सहजिकरण गर्न अनुराेध गरिएकाे छ ।