रामेछापको सुनापति गाउँपालिकाले कृषि स्नातक अधिकृत (छैटौँ) र नायब प्राविधिक सहायक (चौथो) पदको परीक्षा स्थगित गरेको छ ।
विज्ञापन नम्बर ०१–२०८३–०८४ अन्तर्गत कृषि स्नातक अधिकृत (छैटौँ) तथा विज्ञापन नं. ०२–२०८३–०८४ अन्तर्गत नायब प्राविधिक सहायक (चौथो) पदको परीक्षा स्थगित गरिएको हो ।
वर्षाका कारण परीक्षा स्थगित गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाले गते असोज ६ गते परीक्षा सञ्चालनसम्बन्धी सूचना प्रकाशित गरिएको थियो ।
तर, हाल बागमती प्रदेशसहित देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण बाढी तथा पहिरोको उच्च जोखिम देखिएकाले परीक्षा स्थगित गर्ने निर्णय गरिएको पालिकाले जनाएको छ ।
गाउँपालिकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको पनि स्पष्ट पारेको छ ।