Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सम्पर्कविहीन भएका नागरिकको अवस्था सार्वजनिक गर्न माग

- शुभ बिहानी / मङ्गलबार, असोज १३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

देशका विभिन्न भागमा सम्पर्कविहीन भएका नागरिकको अवस्था सार्वजनिक गर्न माग गरिएकाे छ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधि सभाको हिजाेको बैठकमा उनले विशेषगरी हाइड्रोपावर र टनेल निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरू सम्पर्कविहीन भएको भन्दै उनीहरूको अवस्थाबारे सूचना दिन ढिलाइ नगर्न सरकारसँग माग गरेका हुन् ।

सांसद राईले भोजपुर र म्याग्दीका घटनालाई जोड्दै पछिल्लो समय सञ्चार सम्पर्क विच्छेद हुँदा नागरिकको अवस्थाबारे जानकारी पाउन कठिन भएको बताएबा थिए । उनले म्याग्दीमा कार्यरत एक युवा सम्पर्कविहीन भएको र उनको परिवारले आफूलाई चिन्ता व्यक्त गर्दै सम्पर्क गरेको जानकारी सदनलाई गराएका हुन् ।

सांसद राईकाअनुसार प्रभावित क्षेत्रमा सञ्चार सुविधा अवरुद्ध हुँदा मानवीय क्षति र अवस्थाबारे यकिन जानकारी प्राप्त गर्न नसकिएको बताएका थिए । स्थानीय प्रशासनसमेत सूचनाको अभावमा स्पष्ट हुन नसकेको भन्दै उनले भने, ‘जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दा पनि अवस्थाबारे जानकारी आउन सकेको छैन, त्यसैले तत्काल सञ्चार सेवा सुचारु गरी वास्तविक स्थितिको जानकारी दिन सरकार गम्भीर हुनुपर्छ ।’

यसअघि नै सरकार प्रमुखलाई विभिन्न जिम्मेवारी र कामको स्थितिबारे सदनमार्फत प्रश्न सोधेको भएपनि त्यसको जवाफ नआएको भन्दै उनले असन्तुष्टि जनाएका थिए । राईले सरकारलाई नागरिकको सुरक्षा र सूचना पाउने हकलाई सुनिश्चित गर्दै बेपत्ताहरूको खोजी कार्य तिब्रताका साथ अगाडि बढाउन आग्रह गरेका छन् ।

Page Views: 32
संबन्धित शिर्षकहरु
महिला उद्यमीको उत्पादनलाई विश्व बजारसँग जोड्ने लक्ष्यसहित प्रदर्शनी
बाढीले दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्कायाे
अवरुद्ध पृथ्वी राजमार्ग आज दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा आउने
ताजा अपडेट
  • महिला उद्यमीको उत्पादनलाई विश्व बजारसँग जोड्ने लक्ष्यसहित प्रदर्शनी
  • बाढीले दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्कायाे
  • अवरुद्ध पृथ्वी राजमार्ग आज दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा आउने
  • आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य निर्धारण
  • वरिष्ठ कलाकार नीर शाह नगदसहित सम्मानित
  • कांग्रेस महाधिवेशन असाेज १८ गतेदेखि हुने
  • प्रधानमन्त्री रोजगार कार्यक्रममा भ्रष्टाचार, दश जनाउपर मुद्दा
  • मध्यराति कोठामा पसेर युवतीमाथि आगो लगाउने भारतीय पक्राउ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama