नेपाली बजारमा पछिल्लो दुई दिनमा सुनको मूल्य करिब ९ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, हिजाे तोलामा ५ हजार रूपैयाँ घटेको सुन आज ३ हजार ८ सय रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ काराेबार भइरहेकाे छ । हिजाे सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी दुई दिनमा चाँदीको मूल्य पनि तोलामा २६० रुपैयाँले घटेको छ । हिजाे सोमबार तोलामा १४५ रुपैयाँले घटेको चाँदी आज ११५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँ काराेबार भएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण हुने गर्दछ ।