Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महिला उद्यमीको उत्पादनलाई विश्व बजारसँग जोड्ने लक्ष्यसहित प्रदर्शनी

- शुभ बिहानी / बुधबार, असोज १४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ललितपुर, असोज १४ । महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामग्रीलाई प्रवद्र्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘Local Roots to Global Reach, महिला उद्यमी उत्पादन प्रदर्शनी मेला–२०८३’ बारे आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।
ललितपुर महानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्रदर्शनीको उद्देश्य तथा तयारीबारे जानकारी दिनुभयो।
महानगरपालिकाको महिला उद्यमशीलता विकास सहजीकरण केन्द्रको पहलमा आयोजना हुन लागेको प्रदर्शनीले स्थानीय महिला उद्यमीका उत्पादनलाई उपभोक्ता तथा बजारसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको छ। कार्यक्रममा महिला उद्यमीहरूले आफ्ना उत्पादनको प्रदर्शनी तथा बिक्री गर्नुका साथै व्यवसाय विस्तारका लागि आवश्यक सम्पर्क र सहकार्यको अवसर प्राप्त गर्ने जनाइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख महर्जनले स्थानीय स्तरमा उत्पादन भइरहेका सामग्रीलाई प्रोत्साहन गर्दै उद्यमीहरूलाई थप अवसर उपलब्ध गराउन महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले स्थानीय उत्पादनको पहिचान र बजार विस्तारमा यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, उपप्रमुख शाक्य बज्राचार्यले महिला उद्यमीको उत्पादन, सीप र उद्यमशीलतालाई एकै स्थानमा प्रस्तुत गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो। उहाँले महिला उद्यमीलाई व्यवसायिक रूपमा अघि बढाउन बजार, नेटवर्किङ तथा प्रवद्र्धनका अवसर आवश्यक रहेको उल्लेख गर्नुभयो।
असोज १६ देखि १८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न क्षेत्रका महिला उद्यमीका उत्पादनहरू समेटिनेछन्। प्रदर्शनीमार्फत स्थानीय उत्पादनको प्रवद्र्धनसँगै महिला उद्यमशीलतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Page Views: 18
संबन्धित शिर्षकहरु
बाढीले दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्कायाे
अवरुद्ध पृथ्वी राजमार्ग आज दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा आउने
आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य निर्धारण
ताजा अपडेट
  • महिला उद्यमीको उत्पादनलाई विश्व बजारसँग जोड्ने लक्ष्यसहित प्रदर्शनी
  • बाढीले दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्कायाे
  • अवरुद्ध पृथ्वी राजमार्ग आज दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा आउने
  • आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य निर्धारण
  • वरिष्ठ कलाकार नीर शाह नगदसहित सम्मानित
  • कांग्रेस महाधिवेशन असाेज १८ गतेदेखि हुने
  • प्रधानमन्त्री रोजगार कार्यक्रममा भ्रष्टाचार, दश जनाउपर मुद्दा
  • मध्यराति कोठामा पसेर युवतीमाथि आगो लगाउने भारतीय पक्राउ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama