Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, कार्तिक २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चक्रघट्टा गाउँपालिकामा आज शोक बिदा

- शुभ बिहानी / शुक्रबार, कार्तिक २८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हिजाे मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा आफ्ना स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ ।

गाउँपालिकाले हिजाे एक सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका नियमित सेवा, सामुदायिक तथा संस्थागत विद्यालयलगायत गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा एक दिनका लागि शोक बिदा दिइएको हो ।

गाउँपालिकाका अनुसार शोक बिदाका दिन स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ भने दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई गाउँपालिकाका तर्फबाट जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरिएको सूचनामा उल्लेख छ ।

मकवानपुरको भीमफेदीमा भएको उक्त दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका मात्रै १३ जनाको मृत्यु भएको थियो । जसमा एकै परिवारका आमा, ३ छोरी, २ भाइ गरी ६ जना र अर्को परिवारका श्रीमान्-श्रीमतीको मृत्यु भएको थियाे ।

छठ पर्व मनाउन घर फर्किने क्रममा आफन्त गुमाएपछि सुन्दरपुर गाउँ अहिले शोकमा डुबेको छ । पर्वको तयारीमा जुटेका परिवारमा एकैपटक ठूलो दुःख आइपरेको हाे ।

Page Views: 11
संबन्धित शिर्षकहरु
एनपीएलमा आज पनि दुई खेल हुँदै
आजदेखि छठ पर्व सुरु
विराटनगरसँग पोखरा एभेन्जर्स पराजित लिग चरणबाट बाहिरियाे
ताजा अपडेट
  • चक्रघट्टा गाउँपालिकामा आज शोक बिदा
  • एनपीएलमा आज पनि दुई खेल हुँदै
  • आजदेखि छठ पर्व सुरु
  • विराटनगरसँग पोखरा एभेन्जर्स पराजित लिग चरणबाट बाहिरियाे
  • टोपबहादुर रायमाझी रिहा
  • दुर्घटना अपडेट : १० जनाको मृत्यु, पाँच जना घाइते
  • देशका केही स्थानमा वर्षाको सम्भावना
  • मकवानपुरमा विद्युतीय गाडी दुर्घटना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama