आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६, स्थित चिसापानी गढीमा भएकाे ईभी गाडी दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
बिहान पाैने ६ बजेतिर काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियाे । दुर्घटनामा गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलन्द्र थापाले जानकारी दिएका छन् ।
उनका अनुसार घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ । त्यसैगरि नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको छ ।