Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक कारबहीमा

- शुभ बिहानी / शुक्रबार, असोज १६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालमा पहिलाे पटक हालै सञ्चालनमा आएकाे नागढुङ्गास्थित सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक कारबहीमा परेका छन् । सुरुङमार्गमा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालकलाई कारबही गरिएकाे हाे ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरुङमार्गमा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबही गरेको बताइएकाे छ । सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्रगतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

‘नागढुङ्गास्थित सुरुङमार्ग सञ्चालनमा आएदेखि हालसम्म ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनलाई कारबाहीको दायरामा ल्याइएका छौँ,’ सुवेदीले भने, ‘सुरुङमार्गमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा सवारी चलाउन पाइन्छ । सोहीअनुसारको सूचना बोर्ड राखिएको र उक्त नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएको छ ।’

सुरुङमार्गभित्र स्टन्ट गर्ने, अनावश्यक रूपमा हर्न बजाउने, गलत तरिकाले ओभरटेक गर्ने र तीव्रगतिमा सवारी चलाउनेजस्ता गतिविधि हुने गरेकाले त्यस्ता गतिविधिले सुरुङमार्गमा दुर्घटनाको जोखिम बढाउनुका साथै आकस्मिक अवस्थामा उद्धारसमेत प्रभावित हुनसक्ने प्रवक्ता सुवेदीको भनाइ रहेकाे छ । ट्राफिक प्रहरीले सुरुङमार्ग प्रयोग गर्दा अन्य सडकको तुलनामा थप संवेदनशील भएर सवारी चलाउन चालकलाई आग्रह गरेको छ ।

उक्त सुरुङभित्र लेन अनुशासन कायम गर्ने, निर्धारित गतिको पालना गर्ने, अनावश्यक हर्न नबजाउने तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सुरुङमार्गमा हिजाे मात्रै ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने १३ चालक कारबाहीमा परेका थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गत ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले उनीहरूलाई कारबाही गरेको बताइएकाे छ ।

Page Views: 23
संबन्धित शिर्षकहरु
बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
नेपालबाट मनसुन बाहिरिने तयारीमा
समस्याग्रस्त सहकारीलाई सवारीसाधन बुझाउन निर्देशनयुक्त चेतावनी
ताजा अपडेट
  • बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
  • नेपालबाट मनसुन बाहिरिने तयारीमा
  • समस्याग्रस्त सहकारीलाई सवारीसाधन बुझाउन निर्देशनयुक्त चेतावनी
  • सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक कारबहीमा
  • नापी सर्भेक्षकको पौने पाँच करोड अवैध सम्पत्ति, अख्तियारले हाल्यो मुद्दा
  • दलको कार्यक्रममा सहभागी शिक्षकको खोजबिन गर्न निर्देशन
  • संघीय संसद्को चालु अधिवेशन अन्त्य
  • निःशुल्क आँखा जाँच शिविर सञ्चालन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama