Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, असोज १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चिनियाँ राजदूत मुस्ताङकाे कोरला नाका पुगे

- शुभ बिहानी / आइतबार, असोज १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ मुस्ताङकाे कोरला नाका पुगेका छन् । राजदूत चाङ माओमिङ सात सदस्यीय टोलीसहित उत्तरी मुस्ताङकाे उक्त नाकामा पुगेका हुन् ।

हिजाे शनिबार कोरला नाकाको अवस्था र सञ्चालनको सम्भावनाबारे जानकारी लिन राजदूत माओमिङ कोरला नाका हुँदै लोमान्थाङ पुगेका थिए ।राजदूतसहितको टोलीमा पाँच जना चिनियाँ अधिकारी तथा नेपालस्थित चिनियाँ दूतावासका दुई कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

टोली लोमान्थाङस्थित होटल मण्डलामा बसेको बताइएकाे छ । प्रमुख जिल्ला अधिकारी अजिता शर्माले राजदूत कोरला नाका हुँदै मुस्ताङ आएको पुष्टि गर्दै राजदूतको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको बताएकी छन् ।

चिनियाँ राजदूत तीनदिने भ्रमणका क्रममा मुस्ताङ पुगेकाे बताइएकाे छ । टोली लोमान्थाङबाट जोमसोम जाने र त्यहाँ नेपाल तथा चीनका सम्बन्धित अधिकारीबीच कोरला नाकाका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

जोमसोमस्थित होटल सिन्तामणि रिसोर्टमा हुने बैठकमा कोरला नाकाको वर्तमान अवस्था, सञ्चालन तथा सीमा क्षेत्रमा देखिएका समस्याका विषयमा छलफल हुनेछ भने बैठकपछि राजदूत पुनः लोमान्थाङ फर्किने र भ्रमणको अन्तिम दिन कोरला नाका हुँदै चीन फर्किने कार्यतालिका रहेको छ ।

Page Views: 14
संबन्धित शिर्षकहरु
काठमाडौंमा झण्डै ३० हजार सिलिन्डर वितरण
अध्यक्षमा पुनः डा.सीके राउत निर्वाचित
बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
ताजा अपडेट
  • चिनियाँ राजदूत मुस्ताङकाे कोरला नाका पुगे
  • काठमाडौंमा झण्डै ३० हजार सिलिन्डर वितरण
  • अध्यक्षमा पुनः डा.सीके राउत निर्वाचित
  • बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
  • नेपालबाट मनसुन बाहिरिने तयारीमा
  • समस्याग्रस्त सहकारीलाई सवारीसाधन बुझाउन निर्देशनयुक्त चेतावनी
  • सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक कारबहीमा
  • नापी सर्भेक्षकको पौने पाँच करोड अवैध सम्पत्ति, अख्तियारले हाल्यो मुद्दा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama