नेपाली कांग्रेसको जारी अधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहान १० बजे हुने भनिएको निर्वाचन दिउँसो एक बजेलाई सारिएको छ । निर्वाचनको तयारी नपुगेकाले भन्दै दिउँसो एक बजेका लागि सारिएको हाे ।
यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम सार्वजनिक भएपनि वर्षा र केही प्राविधिक कारण १० बजेदेखि सुरु गर्ने भनिएको भएपनि फेरी दिउँसो एक बजेसम्मका लागि सारिएको हो । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।
त्यसैगरि मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ ।