नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को हालसम्म भएकाे खेलकाे अंक तालिका अनुसार कर्णालीले तीन खेलबाट दुई जित र एक हारसहित चार अंक जोडेर शीर्ष स्थान रहेकाे छ । हिजाे सोमबार (कात्तिक १६) सम्मका खेल सकिँदा कर्णाली याक्स नेटरनरेटका आधारमा अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
त्यसैगरि समान चार अंक रहेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा रहेकाे छ भने कर्णालीको नेटरनरेट ०.२९५ रहँदा जनकपुरको ०.१४१ रहेकाे छ । चार खेल खेलेको सुदूरपश्चिम रोयल्स पनि दुई जित र दुई हारसहित चार अंक जोडेर तेस्रो स्थानमा भएपनि उसको नेटरनरेट ऋणात्मक १.०६४ रहेकाे छ ।
अंक तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी लायन्सले दुई खेलबाट एक जित र एक बराबरीसहित तीन अंक जोडेको छ । लुम्बिनीको नेटरनरेट ४.५९९ छ । समान तीन अंक रहेको चितवन राइनोज तीन खेलबाट एक जित, एक हार र एक बराबरीको नतिजासहित पाँचौं स्थानमा रहेकाे छ ।
विराटनगर किंग्स तीन खेलबाट एक जित र दुई हारसहित दुई अंक जोडेर छैटौं स्थानमा रहदा काठमाडौं गोर्खाजले दुई खेलबाट एक जित र एक हारसहित दुई अंकका साथ सातौं स्थानमा रहेकाे छ । यता पोखरा एभेन्जर्सले भने सुरुआती दुवै खेलमा हार बेहोरेको र दुई खेलबाट अंक जोड्न नसक्दा तालिकाको अन्तिम स्थानमा परेकाे छ ।
तर, प्रतियोगितामा अझै धेरै खेल बाँकी रहेकाले अंक तालिकाको समीकरण जुनसुकै बेला बदलिन सक्नेछ । विशेषगरी समान चार अंक जोडेर शीर्ष तीन स्थानमा रहेका कर्णाली, जनकपुर र सुदूरपश्चिमबीचको प्रतिस्पर्धाले आगामी खेललाई थप महत्त्वपूर्ण बनाएको छ ।