Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, कार्तिक १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दुई मोटरसाइकल ठोक्किएर दुर्घटना एक जनाको मृत्यु

- शुभ बिहानी / मङ्गलबार, कार्तिक १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गएराति काठमाडौँको सुन्दरीजलमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुन्दरीजलबाट नाम्गेलतर्फ जाँदै गरेको बाप्र ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकललाई सोही दिशा पछाडिबाट आउँदै गरेको बाप्र ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएकाे हाे ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी अनुसार एक मोटरसाइकलले अर्काे माेटरसाइकललाइ ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो । उनका अनुसार बाप्र ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलको ठक्करबाट ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकलमा सवार सुनसरी इटहरी नगरपालिका–७ घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ दोबाटो बस्ने ४५ वर्षीय सन्तोष ढुङ्गानाको मृत्यु भएको बताइएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ढुङ्गानाको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको हो । बाप्र ०२ ०५८ प ७४०५ नम्बर मोटरसाइकलका चालक सङ्खुवासभा घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने ५० वर्षीय टीकाराम गुरुङको बायाँ कुम, बाँया खुट्टा र दायाँ हातमा चोट लागेको ट्राफिक प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा ठक्कर दिने बाप्र ०२०५८ प ७४०५ नम्बरका चालक गोकर्णेश्वरका २४ वर्षीय आशबहादुर तामाङले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको प्रवक्ता सुवेदीले जनाएका छन् ।

Page Views: 10
संबन्धित शिर्षकहरु
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एनपीएलकाे शीर्ष स्थानमा कर्णाली, पोखरा तालिकाको अन्तिम स्थानमा
सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्कियाे
ताजा अपडेट
  • भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
  • एनपीएलकाे शीर्ष स्थानमा कर्णाली, पोखरा तालिकाको अन्तिम स्थानमा
  • सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्कियाे
  • दुई मोटरसाइकल ठोक्किएर दुर्घटना एक जनाको मृत्यु
  • वर्षौंपछि जुट्दै विद्यालयका सहपाठी
  • केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि काठमाडौं ल्याइँदै
  • नेपाली कांग्रेसद्वारा विपक्षी दलहरूको बैठक आव्हान
  • आज एनपीएलकाे दुई खेल हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama