Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, कार्तिक १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

- शुभ बिहानी / मङ्गलबार, कार्तिक १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सञ्चालन गरिदैछ । कात्तिक १७ र १८ गते दुई दिन सञ्चालन हुने अभियानअन्तर्गत पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो ।

दसैँको बिदाका कारण नियमित तालिका परिवर्तन गरी यस वर्ष कात्तिक १७ र १८ गते अभियान सञ्चालन गर्न लागिएको हो । अभियानअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ भने एक वर्षदेखि पाँच वर्षसम्मका करिब २० लाख बालबालिकालाई जुकाको औषधि दिइने कार्यक्रम रहेकाे छ ।

त्यस्तै ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई बहुसूक्ष्म पोषक तत्त्वयुक्त बालभिटा पनि वितरण गरिने नेपाल सरकारकाे याेजना रहेकाे छ । बालबालिकामा हुने कुपोषण तथा सूक्ष्म पोषक तत्त्वको कमीबाट उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याको न्यूनीकरण गर्ने उद्देश्यले सरकारले यो अभियान सञ्चालन गर्दै आएको छ। नेपालमा २०५० सालदेखि भिटामिन ‘ए’ र २०५६ सालदेखि जुकाको औषधि खुवाउने कार्यक्रम सुरु भएको हो ।

उक्त कार्यक्रमका लागि देशभर करिब ५२ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्था वा तोकिएको वितरण केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।

यसवर्ष कातिक महिनामा दुई दिनसम्म सञ्चालन हुने यस अभियानमार्फत देशभरका लक्षित बालबालिकालाई आवश्यक पोषण तथा स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य राखिएको छ ।

Page Views: 7
संबन्धित शिर्षकहरु
एनपीएलकाे शीर्ष स्थानमा कर्णाली, पोखरा तालिकाको अन्तिम स्थानमा
सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्कियाे
दुई मोटरसाइकल ठोक्किएर दुर्घटना एक जनाको मृत्यु
ताजा अपडेट
  • भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
  • एनपीएलकाे शीर्ष स्थानमा कर्णाली, पोखरा तालिकाको अन्तिम स्थानमा
  • सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्कियाे
  • दुई मोटरसाइकल ठोक्किएर दुर्घटना एक जनाको मृत्यु
  • वर्षौंपछि जुट्दै विद्यालयका सहपाठी
  • केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि काठमाडौं ल्याइँदै
  • नेपाली कांग्रेसद्वारा विपक्षी दलहरूको बैठक आव्हान
  • आज एनपीएलकाे दुई खेल हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama