Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, कार्तिक २०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज र भाेलि राष्ट्र बैंकले सुन र चाँदी सिक्का बिक्री गर्दै

- शुभ बिहानी / बिहिबार, कार्तिक २०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज र भाेलि नेपाल राष्ट्र बैंकले सुन (असर्फी) र चाँदी (मेडालिय)का सिक्का बिक्री गर्दैछ । जसअनुसार बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन-चाँदीका सिक्का खरिद-बिक्री हुनेछ ।

खरिद-बिक्रीको काम आज र भोलि दुई दिनसम्म हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले जानकारी दिएका छन् । तिहारमा सुन-चाँदीका सिक्का वा धातु खरिद गर्दा शुभ हुने धार्मिक विश्वासका साथ मानिसहरुले यस्ता सिक्का खरिद गरी लक्ष्मीको रुपमा पूजा गर्ने भएकाले राष्ट्र बैंकले विशेष रुपमा बिक्री खुला गर्दछ ।

यसअघि गत वर्ष राष्ट्र बैंकले सुन अभाव भएको भन्दै चाँदीका सिक्का मात्रै बिक्री गरेको थियो भने यस वर्ष वाणिज्य बैंकबाट सुन खरिद गरी असर्फी पनि बिक्री गर्न लागेको बताइएकाे छ । यसरी खरिद-बिक्री गर्न लागिएकाे सिक्का एक व्यत्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका ३ वटासम्म चाँदीका सिक्का खरिद गर्न सकिने दाहालको भनाइ रहेकाे छ ।

असर्फी र मेडालियनको मूल्य सुन-चाँदीको सोही दिनको मूल्यका आधारमा तय हुने र सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडिने भएकाले सुन-चाँदीका सिक्का खरिद गर्दा सुन-चाँदीको प्रचलित बजार मूल्यभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ ।

सिक्का खरिद गर्न चाहनेहरुलाई नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुन राष्ट्र बैंकले भनेको छ । खरिदकर्ताले नगद वा क्युआरमार्फत भुक्तानी गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।

Page Views: 16
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्य बढ्या
आज कांग्रेस पदाधिकारी बैठक बस्दै
प्रधानमन्त्री शाहसँग भेट गर्दै भारतीय विदेश सचिव मिश्री
ताजा अपडेट
  • सुनचाँदीको मूल्य बढ्या
  • आज कांग्रेस पदाधिकारी बैठक बस्दै
  • आज र भाेलि राष्ट्र बैंकले सुन र चाँदी सिक्का बिक्री गर्दै
  • प्रधानमन्त्री शाहसँग भेट गर्दै भारतीय विदेश सचिव मिश्री
  • चौंरीदेउरालीमा राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न प्रतियोगिता सुरु
  • सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्याे
  • जावलाखेलमा जारी १९ औं फूल प्रतियोगिता प्रदर्शनी सकिँदै
  • भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama