ललितपुरको जावलाखेलमा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा जारी १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आज सकिँदैछ । कार्तिक १२ गतेदेखि १६ गतेसम्म तोकिएको मेला अर्नव चक्रवातका कारण भएको वर्षाका कारण दुइ दिन स्थगित गरी आज सम्म समय थप गरिएको हो ।
उक्त मेलाको ५ औं दिन हिजोसम्ममा १ करोड २१ लाख बढीको कारोबार भएको आयोजकले जनाएको छ । आज मेलाको अन्तिम दिन अझै कारोबार बढ्नुका साथै अवलोकनकर्ताहरु बढ्ने विश्वास रहेको मेला संयोजक सुमन महर्जनले जनाएका छन् ।