आज नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्दैछन् । भेटघाटको काम सकेर मिश्री आजै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनी प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीको सिलसिलामा हिजो बिहान काठमाडौं आएकाे र काठमाडौं आए लगत्तै उनी भेटघाटमा व्यस्त रहेका थिए । सचिव मिश्रीले हिजाे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल परराष्ट्र सचिव अमृतबहादुर राईसँग अलग–अलग भेट गरेका थिए ।
केही महिनाअघि प्रधानमन्त्री बालेनले भेटघाटको समय नमिलाउँदा निर्धारण भइसकेको भ्रमण पनि मिश्रीले स्थगित गरेको समाचार सार्वजनिक भएकाले अहिलेको उनको भेटघाटलाई चासोका साथ हेरिएको छ ।
छिमेकी राष्ट्र भारत र नेपाल दुवै देशका अधिकारीले मंसिर दोस्रो साता बालेनको भ्रमण हुने गरी तयारी गरिरहेको जनाइएको छ ।